|

८१ बर्षिय बृद्धसहित ताप्लेजुङका २ जनाले जिते कोरोना,१ जना संक्रमित भने थपिए

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,असोज १९ । कोरोना संक्रमित ताप्लेजुङका ८१ बर्षिय बृद्धसहित २ जनाले संक्रमण पुष्टी भएको ११ औं दिनमै कोरोना परास्त गरेका छन् ।

थप १ जनामा भने कोरोना संक्रमण पुष्टी भएको छ । कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिले संक्रमण भइ ताप्लेजुङ अस्पतालको आइसोलेसन कक्षमा भर्ना भएका २ सहित उच्च ज्वरोका लक्षण देखिएका र कोरोना नियन्त्रण तथा व्यवस्थापनमा खटिएका गरी २४ जनाको स्वाब परीक्षणका लागि पठाएको थियो । ति मध्ये फक्ताङ्लुङ गाउँपालिकाका बृद्ध र प्राइम बैंकको फुङ्लिङ शाखामा कार्यरत कर्मचारी सहित २३ जनाको रिर्पोट नेगेटिभ आएको छ । फक्ताङ्लुङ गाउँपालिका वडा नं ४ का २० बर्षिय एक पुरुषको नतिजा भने पोजेटिभ आएको छ । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला बिराटनगरले कोरोना जितेका दुबैजनालाइ थप सर्तकताका साथ बस्न आग्रह सहितको प्रतिबेदन कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिलाइ पठाएको छ । संक्रमित युवालाइ भने अब ताप्लेजुङ अस्पतालको आइसोलेसन कक्षमा राखिने छ । उनी यसअघि संक्रमित बृद्धका आफन्त हुन् । संक्रमित युवा अस्पतालकै आइसोलेसन कक्षमै रहेको कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिले जनाएको छ ।

कोरोना जितेका बृद्धसहित २ जनालाइ कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिले पुष्पगुच्छासहित बिदाइ गरेको कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिका सदस्य सचिव एवम् प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाँईले जानकारी दिनुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts