एभरेष्ट हिलारी म्याराथनका बिजेता लिङखिमका रमेशसंग फक्ताङलुङ गाउँपालिकाको भेट,पालिका अध्यक्षद्धारा सम्मान
खगेन्द्र अधिकारी
ताप्लेजुङ,मंसिर ४ । गत जेठ दोस्रो साता सम्पन्न एभरेष्ट तेञ्जिङ हिलारी म्याराथन २०८३ का बिजेता ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका वडा नं ३ लिङखिमका रमेश लिम्बूलाई पालिकाको टोलीले भेटेर हौसला प्रदानसहित सम्मान व्यक्त गरेको छ ।
पालिका अध्यक्ष राजन लिम्बू(मुक्ति) तथा कार्यपालिका सदस्य मिङ्माडण्डु शेर्पाले म्याराथन बिजेता लिम्बूसंग भेट गरी श्रम,सर्मपण र साहसको सम्मान गरेको हो । म्याराथन बिजेता लिम्बू फक्ताङलुङ गाउँपालिका वडा नं ३ लिङखिम थिवाका हुनुहुन्छ ।
भेटका अवसरमा पालिका अध्यक्ष लिम्बूले म्याराथन बिजेता लिम्बूलाई बधाई दिदै उक्त उपलब्धीलाई नेपाली खेलकुद क्षेत्रका लागि गौरव र नयाँ पुस्ताका लागि प्रेरणाको स्रोत बनेको बताउनु भएको कार्यपालिका सदस्य शेर्पाले जानकारी दिनुभयो ।
लिम्बूले ४२ किलोमिटरको दूरी ३ घण्टा ३५ मिनेट ५९ सेकेण्डमा पूरा गर्दै एभरेष्ट तेञ्जिङ हिलारी म्याराथन २०८३ को बिजेता बन्नु भएको हो । एभरेष्ट तेञ्जिङ हिलारी म्याराथनलाई विश्वकै कठिन र प्रतिष्ठित हिमाली दौडमा गणना गरिन्छ ।