स्वर बोलाई सम्वन्धी नेपाली सांकेतिक भाषाका लागि फुङलिङले खोज्यो एकजना दोभाषे

उज्यालो पोष्ट
ताप्लेजुङ,मंसिर ३ । ताप्लेजुङको फुङलिङ नगरपालिकाले स्वर बोलाई सम्वन्धी नेपाली सांकेतिक भाषाका लागि एकजना दोभाषे खोजेको छ ।

एकजना दोभाषेको पदपूर्ति गरी सेवा करार सम्झौता गर्नेगरी नगरपालिकाले एकजना दोभाषेका लागि दरखास्त आवह्वान गरेको हो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनलाल पनेरुका अनुसार मंसिर १७ गतेसम्म दरखास्त मिति तोकिएको छ । तत्काललाई २०८४ साल असारसम्म काम गर्नेगरी नगरपालिकाले दोभाषे पदका लागि दरखास्त आवह्वान गरिएको र कार्यक्रमको आवश्यकता र कार्य सम्पादनको आधारमा करार सम्झौता नविकरण समेत हुने नगरपालिकाले जानकारी दिएको छ ।

कोशी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयबाट स्वीकृत दोभाषे सेवा परिचालन सम्वन्धी मार्गदर्शन २०८३ अनुसार संघ,प्रदेश र स्थानीय तहमा सरकारी तथा सार्वजनिक सेवा प्रवाहमा सांकेतिक स्वर बोलाई सम्वन्धी व्यक्तिहरुका लागि सञ्चार पहुँच बनाउने र सांकेतिक भाषा तथा व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्धेश्यका सागन नगरपालिकाले दोभाषे छनौट गरीसेवा करार सम्झौता गर्न लागेको हो ।

नेपाली नागरिक,मान्यताबाट शिक्षण संस्थाबाट १२ कक्षा वा सो सरह उर्तीण,राष्ट्रिय बहिरा महासंघ,जिल्ला बहिरा संघ वा अन्य मान्यताप्राप्त संस्थाबाट कम्तिमा ३ महिनाको नेपाली सांकेतिक भाषा तालिम प्राप्त गरेको, नेपाली सांकेतिक भाषामा प्रभावकारी रुपमा सञ्चार गर्न सक्ने र दृष्टी तथा बोली सम्वन्धी स्पष्ट क्षमता भएको,नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालतबाट कसुरदार नठरिएको व्यक्तिले दरखास्त दिनसक्ने नगरपालिकाले जानकारी दिएको छ ।

Similar Posts