उपचार खर्च प्राप्तिको निबेदन दिन सिदिङ्वाको आग्रह
उज्यालो पोष्ट
ताप्लेजुङ,साउन ३ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले औषधि उपचार खर्च प्राप्तिका लागि निबेदन दर्ता गर्न आग्रह गरेको छ ।
पालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रमेस सिवाले मृगौला प्रत्यारोपण गराई रहेका,क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका बिरामीहरुलाई मासिक उपचार खर्च प्राप्तिका लागि पालिकाका सम्वन्धित वडामा निबेदन दर्ता गर्न आग्रह गर्नु भएको छ । लाभग्राहीले साउन १४ गते भित्र निबेदन दर्ता गराईसक्नुपर्ने पालिकाले जनाएको छ ।
निबेदनका साथ रोग निदान भएको तथा उपचार गराइरहेका बिरामीको चिकित्सकले प्रमाणित गरेको कागज,सम्वन्धित लाभग्राहीको राष्ट्रिय परिचयपत्र,नागरिकता र १६ बर्ष भन्दा कम उमेरका भएको भए जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि,लक्ष्मी सनराइज बैंकमा खाता खोलिएको चेकको प्रतिलिपि,सम्वन्धित वडाको सिफारिस पत्र र लाभग्रहीको सम्पर्क नम्बर समेत संलग्न राख्न पालिकाले भनेको छ ।