बैतडीका एक युवाले काठमाडौंबाट हिडेरै १९ दिनको अवधिमा दर्शन गरे ताप्लेजुङस्थित पाथीभरा मन्दिर

उज्यालो पोष्ट
ताप्लेजुङ,कात्तिक १२ । सूदूरपश्चिमको बैतडीका एक युवाले काठमाडौंबाट हिडेरै १९ दिनको अवधिमा ताप्लेजुङस्थित पाथीभरा मन्दिरको दर्शन गर्नु भएको छ ।

काठमाडौंबाट हिंडेको १८ औं दिनमा पाथीभरा क्षेत्रस्थित माथिल्लो फेदी आएर बस्नु भएका बैतडीको पुर्चौडी नगरपालिकाका प्रशान्त ढुङ्गेलले १९ औं दिनमा ३ हजार ७९४ मिटर उचाईको पाथीभरा मन्दिर दर्शन गर्नु भएको हो । काठमाडौंबाट पदयात्रामै ताप्लेजुङस्थित पाथीभरा मन्दिरको दर्शनका लागि आउनु भएका ढुङ्गेललाई पाथीभरा क्षेत्र विकास समितिले पाथीभरा मन्दिर सहित यहाँका पर्यटकीय स्थल अंकित मायाँको चिनो प्रदान गर्दै स्वागत गरेको छ ।

पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतले कठिन र लामो अवधिको पदयात्रामार्फत पाथीभरा मन्दिरको दर्शनका लागि आएका ढुङ्गेललाई क्षेत्र विकास समितिकोतर्फबाट बिशेष सम्मान गरिएको जानकारी दिनुभयो । ढुङ्गेलले काठमाडौंबाट हिंडेरै गएर पाथीभरा मन्दिरको दर्शन गर्ने आफ्नो संकल्प पूरा भएकोमा प्रसन्नता व्यक्ति गरेका छन् । विश्वास र आस्थाकी देवीको रुपमा परिचित पाथीभरा मन्दिरमा भाकल गरे पूरा हुने जनश्रुति रही आएको छ । मन्दिरमा पुगेर मागिएको मनोकाँक्षा पूरा हुने विश्वासका साथ बर्षेनि लाखौं संख्यामा स्वदेशी तथा विदेशी धर्मावलम्वीहरुले पाथीभराको दर्शन तथा पूजाअर्चना गर्ने गरेका छन् ।

Similar Posts