पाँच उत्कृष्ट उद्यमीलाई सम्मान गर्दै घरेलु कार्यालय
उज्यालो पोष्ट
ताप्लेजुङ,कात्तिक ११ । घरेलु तथा साना उद्योग कार्यालय ताप्लेजुङले उत्कृष्ट पाँच उद्यमीलाई मंसिर ९ गते सम्मान गर्ने भएको छ ।
प्रमुख उद्योग अधिकृत लक्ष्मी सुहाङका अनुसार १२ औं उद्योग दिवसको अवसर पारेर आउँदो मंसिर ९ गते उत्कृष्ट ५ उद्यमीलाई सम्मान गर्न लागिएको हो । घरेलु कार्यालयले उत्कृष्ट उद्यमी सम्मानका लागि कात्तिक १७ गते सम्ममा आवश्यक कागजातसहित कार्यालयमा निबेदन दिन उद्यमीहरुका लागि दरखास्त आवह्वान गरेको छ ।
घरेलु तथा साना उद्योग कार्यालय ताप्लेजुङमा दर्ता भएका र अहिलेसम्म उत्कृष्ट उद्यमीको सम्मान प्राप्त नगरेका उद्यमीहरुले आवश्यक कागजातसहित रीतपूर्वकको निबेदन दिनसक्ने घरेलु तथा साना उद्योग कार्यालय ताप्लेजुङका सूचना अधिकारी नीवन भट्टराईले जानकारी दिनुभयो ।
भट्टराईका अनुसार आबेदन दिन चाहनेले आबेदनका साथ उद्योग दर्ता प्रमाणपत्रको प्रतिलिपि,पान नं वा भ्याट दर्ता प्रमाणपत्रको प्रतिलिपि,नागरिकताको प्रतिलिपि र सञ्चालित उद्योगको बोर्डसहित उद्योगको क्रियाकलाप झल्कने दुईवटा फोटोसमेत संलग्न गर्नुपर्ने छ ।