|

किराँत राई यायोक्खा जिल्ला अध्यक्षमा मुना राई चयन

-उज्यालो पोष्ट
ताप्लेजुङ, असोज १० । ताप्लेजुङस्थित किराँत राई यायोक्खाको अध्यक्षमा मुना राई चयन हुनुभएको छ । राई समुदायको जातीय संस्था यायोक्खाको पाँचौं जिल्ला अधिवेशनले राईलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।
सदरमुकाम फुङ्लिङमा शुक्रबार सम्पन्न जिल्ला अधिवेशनले राई अध्यक्ष रहेको ११ सदस्यीय कार्यसमिति चयन गरेको छ । कार्यसमिति उपाध्यक्षमा देउबहादुर राई, सचिव सुमन राई, सहसचिव मनिजा राई र कोषाध्यक्षमा सुस्मा राई चयन हुनुभएको छ ।
कार्यसमिति सदस्यहरुमा याम राई, अजय राई, गंगा राई, संगीता राई, मीना राई र भीमकुमार राई चयन हुनुभएको यायोक्खाका निवर्तमान अध्यक्ष अविशेक राईले जानकारी दिनुभयो । उहाँका अनुसार किराँत राई यायोक्खाका केन्द्रीय सदस्य मनोज राईको उपस्थितिमा जिल्ला अधिवेशन सम्पन्न भएको हो ।
यता किराँत राई यायोक्खाको जिल्ला नेतृत्वमा पहिलोपटक महिला चयन हुनु भएको छ । यायोक्खा कार्यसमितिले जातीय हकहित र अधिकारका कार्य तथा संस्थागत गतिविधि गर्ने जनाइएको छ । समितिको कार्यकाल तीन वर्षको हुने पनि निवर्तमान अध्यक्ष राईले जानकारी दिनुभयो ।

Similar Posts