जीवन मास्कीको ह्याट्रिकसंगै म्याङलुङ स्पोर्टिङ क्लव सिरिजङ्गा गोल्डकपको सेमीफाईनलमा

खगेन्द्र अधिकारी
ताप्लेजुङ,मंसिर २६ । जीवन मास्कीको ह्याट्रिकको मद्यतमा म्याङलुङ स्पोर्टिङ क्लव ताप्लेजुङको तेल्लोकमा जारी पाँचौं अन्तराष्ट्रिय आमन्त्रण सिरिजङ्गा गोल्डकपको सेमीफाईनलमा पुग्ने अन्तिम टोली बनेको छ ।

सिरिजङ्गा गोल्डकपको सेमीफाईनल समिकरण पूरा हुँदा साँगुरीगढी फुटबल क्लव धनकुटालाई ५–२ ले हराउँदै म्याङलुङले अन्तिम चारमा स्थान बनाएको हो । यो संगै म्याङलुङले फाइनल यात्राका लागि आइतवार न्यू स्टार फुटबल क्लव झापासंगको भेट पक्का गरेको छ । साँगुरीगढी फुटबल क्लवसंगको अन्तिम क्वाटर फाइनल खेलमा म्याङलुङका लागि जीवन मास्कीले पहिलो,चौथो र पाँचौं गोल गर्नुभयो । बिजयी टिमका लागि जीवन भण्डारी र मेक्सम दासले दोस्रो र तेस्रो गोल गर्नुभयो ।

साँगुरीगढीका लागि प्रवेश बस्नेतले पहिलो र सिल्गाले दोस्रो गोल गर्नुभयो । साँगुरीगढी एन्ड्रयु र सिल्गा गरी दुई बिदेशी खेलाडी तथा म्याङलुङ फोडे फोफोना लिएर मैदान उत्रेको थियो । ह्याट्रिक पूरा गरी टिमलाई जीताउन महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएका जीवन शुक्रवारको खेलमा म्यान अफ द म्याच बन्दै नगद २ हजार ५ सय रुपैयाँ हात पार्न सफल हुनुभयो ।

शनिवार हुने पहिलो सेमीफाइनल खेलमा आयोजक तेल्लोक स्पोर्टिङ क्लवले मरिक फुटबल क्लव धरानसंग प्रतिश्पर्धा गर्ने छ ।

Similar Posts