सिदिङ्वाका बिद्यालय आज र भोली बन्द
उज्यालो पोष्ट
ताप्लेजुङ,असोज ८ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाका बिद्यालयहरु बिहीबार र शुक्रवारका लागि बन्द गरिएका छन् ।
शनिवार र आइतवार स्वतःकार्यालय बन्द हुने भएकोले सिदिङ्वाले बिहीबार र शुक्रवारका लागि बिद्यालय बन्द गरेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रमेश सिवाले बिहीबार एक सूचना आवह्वान गर्दै सम्भावित भारी बर्षा र बाढी र पहिरोको जोखिम हुनसक्ने आङ्कलन गर्दै बिहीबार र शुक्रवारका लागि बिद्यालय बन्द गरिएको जानकारी दिनु भएको छ ।
यसअघि गए बेलुकी फक्ताङलुङ गाउँपालिकाले सम्भावित जोखिमलाई मध्यनजर गरी असोज ९ गते ११ गतेसम्म पालिका भरीका बिद्यालय बन्द गर्ने निर्णय गरेको थियो । यसैबिच जिल्ला विपद् व्यवस्थापन समिति ताप्लेजुङले जोखिमको पूर्व मूल्याङ्कन गर्दै पालिका भरीका बिद्यार्थीलाई सुरक्षित गर्ने देखि आवश्यक परे बिद्यालय बन्द गर्नेसम्मको निर्णयमा पुग्न आग्रह सहितको अनुरोधपत्र पठाएको छ ।