चालु आवको दुईमहिनामै करिव पन्ध्रसयले दिए राष्ट्रिय परिचयपत्रको रुजु फारम हराई खोजीका लागि आबेदन
खगेन्द्र अधिकारी
ताप्लेजुङ,असोज ७ । ताप्लेजुङमा चालु आर्थिक बर्षको दोस्रो महिना भित्रै करिव एकहजार पाँचसय जनाले राष्ट्रिय परिचयपत्र विवरणको रुजु फारम हराई खोजीका लागि आबेदन दिएका छन् ।
जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी यादव भट्टराईका अनुसार चालु आर्थिक बर्षको साउन र भदौ महिनामा एकहजार चारसय ७१ जनाले राष्ट्रिय परिचयपत्र विवरणको रुजु फारम हराई खोजीका लागि आबेदन दिएका छन् । साउन र भदौ महिनामा राष्ट्रिय परिचयपत्रको विवरण सच्याउनेको संख्या एकसय ५१ रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । दुई महिनामा एकहजार छसय २५ जनाले राष्ट्रिय परिचयपत्रमा आफ्नो विवरण भरेका छन् भने एकसय ६८ जनालाई राष्ट्रिय परिचयपत्र बितरण गरिएको प्रशासन कार्यालयले जनाएको छ ।
साउन र भदौ महिना भित्रमा १७ जनाले चीन सीमापास सिफारिस लिएका छन् भने चीन सीमापास नविकरण गर्नेको संख्या ११ पुगेको छ । साउनमा दुई र भदौमा दुईगरी चारजनाले बैबाहिक अंगीकृत नागरिकता लिएको प्रशासन कार्यालयले जनाएको छ । चालु आर्थिक बर्ष लागिकन जन्मका सन्तानलाई वंशजको नागरिकता र गैर आवासीय नेपाली नागरिकता भने जारी नभएको सहायक प्रमुख जिल्ला अधिकारी भट्टराईले जानकारी दिनु भएको छ । भदौ महिनामा दुईसय ४४ सहित वंशजको आधारमा भने चालु आर्थिक बर्षको यो अवधिमा चारसय ९० थान नागरिकता जारी हुँदा चारसय ५४ थान नागरिकताको प्रतिलिपि जारी भएको छ । साउन र भदौ महिनामा गरी कार्यालयबाट दुईसय ५१ तथा हुलाकमार्फत ५१ गरी कुल तीनसय दुईथान बितरण गरिएको प्रशासन कार्यालयले जनाएको छ ।
भदौ महिनाम्ममा तीनसय ४३ थान राहदानीको साधारण,१२ थानको द्रुत र तीनवटा राहदानीको नावालक सिफारिस गरिएको समेत प्रशासन कार्यालयले जनाएको छ । साउन र भदौ महिनामा गरी कुल आठवटा अभद्र व्यवहारका मुद्दा दर्ता भएकोमा एकथान फर्स्योट भएको छ भने अन्य कारवाहीको क्रममा रहेको समेत प्रशासन कार्यालयले जनाएको छ । चालु आर्थिकबर्ष लागिकन प्रशासन कार्यालयमा भ्रष्टाचार र नाफाखोरी सम्वन्धी मुद्दा दर्ता नभएको र ठाडो उजुरी भने चारथान दर्ता भएको समेत प्रशासन कार्यालयले जनाएको छ । प्रशासन कार्यालयले भदौ महिनामा एकसय ३९ थान राहदानीको अनलाइन फारम निःशुल्क भरिदिएको छ भने नागरिक सहायता कक्षबाट दैनिक रुपमा विभिन्न सेवाका लागि प्रयोग हुने आवश्यक कागजातको नौसय ३० थान प्रतिलिपि कागज निःशुल्क उपलब्ध गराएको समेत प्रशासन कार्यालयले जनाएको छ ।