फाकुम्बामा कात्तिक ११ देखि महिला तथा पुरुष फुटबल हुने

खगेन्द्र अधिकारी
ताप्लेजुङ,असोज ७ । ताप्लेजुङको मैवाखोला गाउँपालिका वडा नं ६ फाकुम्बामा आउँदो कात्तिक ११ गतेदेखि वडा स्तरीय महिला तथा पुरुष फुटबल प्रतियोगिता हुने भएको छ ।

महेन्द्र माध्यमिक बिद्यालय फाकुम्बाको खेल मैदानमा हुने फुटबल प्रतियोगिता बिजयादशमी तथा शुभ दीपावलीको अवसरमा सञ्चालन गर्न लागिएको आयोजक माङ्लक्सु फुटबल क्लवका अध्यक्ष हर्क तेङबुङले जानकारी दिनुभयो । क्लवका सचिव बिशाल लिवाङका अनुसार पुरुष फुटबल प्रतियोगिताका बिजेताले तीनबर्षे रनिङ ट्रफी,मेडल र प्रमाणपत्रसहित नगद १ लाख तथा उपबिजेताले दुईबर्षे रनिङ ट्रफी,मेडल र प्रमाणपत्रसहित नगद ६० हजार रुपैयाँ पुरस्कार पाउने भएका छन् ।

क्लवका कोषाध्यक्ष दिनेश थोप्राका अनुसार महिलातर्फका बिजेताले तीनबर्षे रनिङ ट्रफी,मेडल र प्रमाणपत्रसहित नगद ३० हजार र उपबिजेताले दुईबर्षे रनिङ ट्रफी,मेडल र प्रमाणपत्रसहित नगद २० हजार रुपैयाँ प्राप्त गर्ने भएका छन् । कात्तिक ९ र १० गते गरी दुईदिन प्रवेश समय राखिएको क्लवले जनाएको छ । क्लवका अनुसार पुरुष फुटबलका लागि प्रतिटीम पाँचहजार र महिला फुटबलका लागि प्रतिटिम एकहजार पाँचसय रुपैयाँ प्रवेश शुल्क राखिएको छ ।

Similar Posts