मैवाखोला गाउँपालिकामा दम्पतीको एकैदिन निधन

उज्यालो पोष्ट
ताप्लेजुङ,असोज ५ । ताप्लेजुङको मैवाखोला गाउँपालिकामा दम्पतीको एकैदिन निधन भएको छ ।

मैवाखोला गाउँपालिका–४ साँघुको ताम्राङ टोलमा सोमबार श्रीमतीको निधन भएको १० घण्टापछि श्रीमानको पनि निधन भएको हो । मैवाखोला–४ साँघुका वडाध्यक्ष फुर्वा शेर्पाका अनुसार ताम्राङ टोलकी ६१ वर्षीया रीता याक्खा लिम्बूको मृत्यु भएको १० घण्टापछि उहाँका श्रीमान ६३ वर्षीय भीमबहादुर लिम्बूको पनि मृत्यु भएको हो । श्रीमान र श्रीमतीको एकैदिन कालगतिले मृत्यु हुनु बिरलै संयोग भएको वडाध्यक्ष शेर्पाले बताउनुभयो ।

मृतकका आफन्तका अनुसार श्रीमतीको कलेजोमा समस्या थियो । त्यस्तै श्रीमानको घाँटीमा क्यासर भएको र केही समयअघि मात्रै क्यान्सरको उपचार गरी घर फर्कनुभएको थियो । श्रीमतीको सोमबार बिहान २ः३० बजे र श्रीमानको अपराह्न १२ः३० बजे निधन भएको छिमेकी सोमबहादुर लिम्बूले जानकारी दिनुभयो । लिम्बूका अनुसार मृतक दम्पतीको मङ्गलबार कोलबोटे घाटमा दाहसंस्कार गरिने छ । मृतक दम्पतीका दुई छोरा र दुई छोरी हुनुहुन्छ ।

Similar Posts