फक्ताङलुङले विपद् जोखिम पीडित परिवारलाई सुरक्षित स्थानान्तरण गर्न यसरी बनाउँदै छ,एकीकृत बस्ति

खगेन्द्र अधिकारी
ताप्लेजुङ,असोज ३ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले बाढी र पहिरोको उच्च जोखिममा रहेका घरपरिवारलाई सुरक्षित स्थानमा एकीकृत बस्ति निर्माण गरी हस्तान्तरण गर्ने प्रकृया अघि बढाएको छ ।

पालिका उपाध्यक्ष रवीन साम्रा(विकास)ले पहिरोको उच्च जोखिममा रहेका बस्तिका मानिसहरुलाई चालु आर्थिक बर्षभित्रै सुरक्षित आवासमा स्थानान्तरण गर्ने गरी प्रकृया अघि बढेको जानकारी दिनुभयो । पालिका अध्यक्ष राजन लिम्बू(मुक्ति)का अनुसार वडा नं १ सावादिन र वडा नं २ खेजेनिमका जोखिम क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा जमिन खरिद गरी भवन निर्माणको कार्य अघि बढाईएको र चालु आर्थिक बर्षभित्रै सुरक्षित आवासमा स्थानान्तरण गरिसकिने छ ।

फक्ताङलुङ गाउँपालिकाले विपद्का कारण उच्च जोखिममा रहेका घर परिवारको पहिचान गरी उनीहरुलाई सुरक्षित स्थानमा स्थायी आवास केन्द्र निर्माण गरी स्थानान्तरण गर्ने कार्य चालु आव भित्रै पूरा गर्नेगरी प्रकृया अघि बढाएको पालिका अध्यक्ष लिम्बूले जानकारी दिनुभयो । पालिकाले वडा नं २ खेजेनिमस्थित चावाखु टोलमा एकीकृत बस्ति निर्माण गरेको छ । चालु आर्थिक बर्ष २०८२।८३ को बजेटबाट उक्त एकीकृत बस्ति निर्माण गरिएको र बाँकी रहेका जोखिम क्षेत्रका घरपरिवारलाई समेत सुरक्षित स्थानको खोजी गरी एकीकृत बस्ति निर्माण पछि स्थानान्तरण गर्ने पालिकाको तयारी रहेको छ ।

 

Similar Posts