आठराई त्रिबेणीमा असोज ९ गते छारे रोग सम्वन्धी शिविर

उज्यालो पोष्ट
ताप्लेजुङ,असोज ४ । ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिकामा असोज ९ गते एकदिने छारे रोग सम्वन्धी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ ।

पालिका अध्यक्ष दीपेन्द्र पोमू(दीपेन)ले अनुसार छारे रोग सम्वन्धी औषधि सेवन गर्दै आइरहेका र छारे रोग सम्वन्धी संकेत देखिएका सेवाग्राहीले स्वास्थ्य शिविरमा आई परीक्षण तथा उपचार गर्न आग्रह गर्नु भएको छ । पालिका अध्यक्ष पोमूका अनुसार छारे रोग सम्वन्धी समस्या देखिएका बिरामीले एक महिनासम्मको औषधि निःशुल्क उपलब्ध गराउने प्रवन्ध पालिकाले गरेको छ ।

नेपाल छारे रोग संघ काठमाडौं तथा आठराई त्रिबेणी गाउँपालिकाको संयुक्त तत्वधानमा स्वास्थ्य शिविर हुन लागेको हो । पाथीभरा याङवरक गाउँपालिकामा समेत असोज १० गते छारे रोग सम्वन्धी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुँदै छ ।

Similar Posts