| |

पव्लिक क्याम्पस प्राध्यापक संघ इकाइ सभापतिमा बस्नेत

-उज्यालो पोष्ट
ताप्लेजुङ, भदौ ३१ । पव्लिक क्याम्पस प्राध्यापक संघ नेपाल, पाथीभरा बहुमुखी क्याम्पस ताप्लेजुङको इकाइ समिति सभापतिमा युवराज बस्नेत चयन हुनुभएको छ । इकाइ समितिको पाँचौ अधिवेशनले क्याम्पसका प्रध्यापक बस्नेतलाई सभापतिमा सर्वसम्मत चयन गरेको हो ।
नौ सदस्यीय इकाइ कार्यसमितिको उपसभापतिमा भीमबहादुर कार्की, सचिव राजकुमार बानियाँ र कोषाध्यक्षमा रुपमा लिम्बू चयन हुनुभएको छ । यस्तै अधिवेशनले राकेश दाहाला, प्रकाश पालुङ्वा, लक्ष्मीप्रसाद ढकाल, आइतबहादुर खजुम लिम्बू र लोकेश लङ्वा लिम्बूलाई सदस्यमा चयन गरेको छ ।
पाथीभरा बहुमुखी क्याम्पस सञ्चालक समिति अध्यक्ष शिला इजम, क्याम्पस प्रमुख सजन पौडेल लगायतको उपस्थितिमा इकाइ समितिको अधिवेशन सम्पन्न भएको हो । पव्लिक क्याम्पस प्राध्यापक संघ, इकाइ समितिको कार्यकाल तीन वर्षको हुने इकाइका पूर्वसचिव मानसिंह राईले जानकारी दिनुभयो ।

Similar Posts