ताप्लेजुङमा दुध र ऊनको उत्पादनमा बृद्धि,मासु र अण्डाको उत्पादनमा गिरावट

खगेन्द्र अधिकारी
ताप्लेजुङ,भदौ २१ । ताप्लेजुङमा पशुजन्य पदार्थको उत्पादनमध्ये दुध र ऊनको उत्पादनमा बृद्धि भएको पाईएको छ भने मासु र फुल(अण्डा)को उत्पादनमा गिरावट आएको देखिएको छ ।

भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ताप्लेजुङका प्रमुख डाक्टर रोशन दाहालका अनुसार दुधको उत्पादनमा ०.५५ प्रतिशत र ऊनको उत्पादनमा १२.०७ प्रतिशत बृद्धि भएको छ । मासुको उत्पादनमा ६.१४ प्रतिशत र फुलको उत्पादनमा ३७.०६ प्रतिशतले गिरावट आएको छ । यो आर्थिक बर्ष २०८१।८२ र २०८२।८३ बिचको अन्तर हो । दाहालका अनुसार आर्थिक बर्ष २०८१।८२ मा ताप्लेजुङमा ७ हजार ४६ मेट्रिकटन दुध उत्पादन भएकोमा सो भन्दा पछिल्लो अघिल्लो आवमा बढेर ७ हजार ८५ मेट्रिकटन पुगेको छ ।

ऊनको उत्पादन आव २०८१।८२ मा ३ हजार ५ सय ६८ किलोग्राम भएकोमा अघिल्लो आवमा बढेर ३ हजार ९ सय ९९ किलोग्राम पुगेको छ । उता,आव २०८१।८२ मा २ हजार ४ सय ५८ मेट्रिकटन मासु उत्पादन भएकोमा आव २०८२।८३ मा घटेर २ हजार ३ सय ७ मेट्रिकटनमा सिमित भएको छ । पशुजन्य पदार्थको उत्पादनमध्ये सबैभन्दा धेरै गिरावट फुल(अण्डा)को उत्पादनमा देखिएको छ । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ताप्लेजुङका अनुसार यहाँ आव २०८१।८२ मा २६ लाख ६ हजार वटा अण्डा उत्पादन भएकोमा आव २०८२।८३ मा घटेर १६ लाख ४० हजार वटामा सिमित भएको छ ।

Similar Posts