|

ताप्लेजुङको लेलेपबाट १२ बोरको बन्दुकसहित एक पक्राउ

-उज्यालो पोष्ट
ताप्लेजुङ, साउन ३१ । ताप्लेजुङमा एक युवक १२ बोरको बन्दुकसहित क्राउ परेका छन् । प्रहरीका अनुसार फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपबाट १२ बोरको बन्दुकसहित युवक पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक विन्देश्वर यादवका अनुसार बन्दुकसहित पक्राउ पर्नेमा झापाको दमक नगरपालिका–५ बेलडागी घर भएका २१ वर्षीय मुस्कान दियाली रहेका छन् । फक्ताङ्लुङ गाउँपालिका–५ तापेथोकमा एक घरमा डेरा गरी बस्दै आएका दियाली १२ बोरको बन्दुकसहित लेलेपबाट पक्राउ परेका प्रहरी निरीक्षक यादवले जानकारी दिनुभयो ।
लेलेपस्थित लुङ्थुङ प्रहरी चौकीबाट गस्तीमा खटिएको प्रहरी टोलीले दियालीलाई बन्दुकसहित पक्राउ गरेको हो । यता परेका दियालीउपर मुलुकी अपराध संहिता २०७४ बमोजिम हातहतियार तथा खरखजनासम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Similar Posts