ताप्लेजुङमा ट्राभल डेन्टल क्याम्प निरन्तर,आठराई त्रिबेणीमा अढाईसय बढीले लिए सेवा

उज्यालो पोष्ट
ताप्लेजुङ,साउन ३१ । ट्राभल डेन्टल क्याम्प अन्तरगत डाक्टर शशांक ताम्राकारको नेतृत्वको टोलीले तचादन्त चिकित्सक तथा प्राविधिकको टोलीले ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिकामा अढाईसय बढीलाई सेवा दिएको छ ।

ताप्लेजुङ,पाँचथर र तेह्रथुमका गरी २ सय ५६ जनाले दाँतसम्बन्धी ओपीडी सेवा,दाँत निकाल्ने, दाँत सफा गर्ने (स्केलिङ) र दाँत भर्ने सहितका सेवा लिएको आठराई त्रिबेणी गाउँपालिकाले जनाएको छ । पालिका अध्यक्ष दीपेन्द्र पोमू(दीपेन)का अनुसार स्थानीय शिक्षा सेवी तथा सामाजिक व्यत्तित्व खगेन्द्रकुमार पोमू स्वर्गीय पत्नी सुन्दरी तुम्बाहाङ्फे पोमूको स्मृतिमा जेठी छोरी कविता(नुमा) पोमू लिम्बूको आयोजना तथा व्यवस्थापनमा शिविर सञ्चालन गरिएको हो । शिविरमा आठराई त्रिवेणी गाउँपालिकाका निगुरादिन,फुलबारी,हाङपाङ,चाँगे,पाँचथरको आङबुङ, र माझगाउँ तथा तेह्रथुमको ह्वाकुका नागरिकले सेवा लिएका छन् ।

शिविरमा डा.ताम्राकारको नेतृत्वमा डा.अविनाशकुमार यादव, डा. सुजितकुमार शाह र डा. अनिश कार्कीसहित चिकित्सक,प्राविधिक र स्वास्थ्यकर्मीसहित १० जनाको टोलीले दन्त रोगीहरूको परीक्षण,उपचार तथा परामर्श सेवा प्रदान गरेको थियो । डाक्टर ताम्राकार नेतृत्वको टोलीले मिक्वाखोला गाउँपालिका विभिन्न क्षेत्रमा समेत दन्त सेवा प्रदान गर्ने भएको छ । मिक्वाखोला गाउँपालिकास्थित फुङ्फुङगे झरना आसपासका बस्ती बाट सुरुहुने ट्राभल डेन्टल क्याम्प पापुङ–तोक्पेगोला–लोदेन लगायतका क्षेत्रका नागरिकसम्म पु¥याउने ताम्राकारको योजना रहेको छ । यसअघि डाक्टर ताम्राकार नेतृत्वको टोलीले ताप्लेजुङका उत्तरी हिमाली बस्ती घुन्सा,फले,ग्याब्ला,सेकाथुम र सोक्लिमाका नागरिकलाई दन्त सेवा प्रदान गरेको थियो ।

 

 

 

Similar Posts