खोलेमा डुबेर गम्भिर घाइते फुरुम्बुका ४ बर्षे बालकको मृत्यु

उज्यालो पोष्ट
ताप्लेजुङ,साउन २९ । खोलेमा डुबेर गम्भिर घाइते भएका ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं १० फुरुम्बुका ४ बर्षे एक बालकको मृत्यु भएको छ ।

फुङलिङ नगरपालिका वडा नं १० का वडाध्यक्ष सन्तोष लिम्बूका अनुसार बैशाखे भालुखोप निवासी तिलकसिंह लिम्बू तथा पवित्रा लिम्बूका ४ बर्षिय छोरा सेसेहाङ लिम्बूको मृत्यु भएको हो । वडाध्यक्ष लिम्बूका अनुसार सेसेहाङ घरमै खेल्ने क्रममा बिहीबार अपरान्ह अचानक खोलेमा पर्न गई डुबेर गम्भिर घाइते हुनु भएको थियो ।

घाइते बालकको ताप्लेजुङ जिल्ला अस्पतालमा प्राथमिक उपचार पछि थप उपचारका लागि झापातर्फ लैजाने क्रममा पाँचथरको गोपेटारमा पु-याउँदा मृत्यु भएको मृतकका परिवारका सदस्यलाई उद्यृत गर्दै वडाध्यक्ष लिम्बूले जानकारी दिनुभयो । मृतकका बारेमा स्थलगत सर्जमिन मुचुल्का तयार भई पोष्टमार्टम सहितका आवश्यक प्रकृया प्रारम्भ भएको वडाध्यक्ष लिम्बूले जानकारी दिनुभयो ।

Similar Posts