छनौट खेलका क्रममा घाइते खेलाडीको उपचारका लागि वडाध्यक्ष तुम्बाहाम्फेद्धारा ३० हजार आर्थिक सहयोग
उज्यालो पोष्ट
ताप्लेजुङ,साउन २० । छनौट अभ्यास खेलका क्रममा घाइते खेलाडी १८ बर्षिय राम मगरको उपचारका लागि ताप्लेजुङको मेरिङदेन गाउँपालिका वडा नं ६ नाल्बुका वडाध्यक्ष मनोजकुमार तुम्बाहाम्फेले ३० हजार रुपैयाँ आर्थिक सहयोग गर्नु भएको छ ।
लाखेजात्रा सञ्चालन समितिले भदौ १२ गते देखि फुङलिङमा आयोजना गर्न लागेको चौथो ताप्लेजुङ गोल्डकपका लागि साउन १८ र १९ गते खेलाडी छनौट कार्यक्रम राखेको थियो । छनौट अभ्यास खेलका क्रममा मैवाखोला गाउँपालिका वडा नं ४ ताम्राङका मगर घाइते हुनु भएको थियो ।
खेलाडी छनौट खेलका क्रममा घाईते मगरलाई अहिले उपचारका लागि पाँचथरको फिदिम लगिएको र उहाँको उपचार जारी रहेको उपचार कार्यको सहजीकरण गरिरहनु भएका लाखेजात्रा सञ्चालन समिति सदस्य सन्तोष गुरुङले जानकारी दिनु भएको छ ।
लाखेजात्रा सञ्चालन समितिले घाइते मगरको शीघ्र स्वास्थ्य लाभको कामना तथा घाइते खेलाडीको उपचारमा आर्थिक सहयोग गर्ने वडाध्यक्ष तुम्बाहाम्फेप्रति हार्दिक आभार प्रकट गरेको छ ।