अघिल्लो आवमा ताप्लेजुङबाट १४ लाख बढी क्युविक फिट काठको स्थानान्तरण इजाजत प्रदान

उज्यालो पोष्ट
ताप्लेजुङ,साउन ८ । आर्थिक वर्ष २०८२।८३ मा ताप्लेजुङबाट १४ लाख बढी क्युविक फिट काठको स्थानान्तरण इजाजत प्रदान गरिएको छ ।

डिभिजन वन कार्यालय ताप्लेजुङका निमित्त प्रमुख ललितकुमार यादवका अनुसार अघिल्लो आर्थिक बर्षमा १४ लाख २२ हजार क्युविक फिट काठको स्थानान्तरण इजाजत प्रदान गरिएको छ ।

डिभिजन वन कार्यालयका अनुसार,स्थानान्तरण इजाजत दिइएको गोलिया काठबाट मूल्य अभिवृद्धि कर वापत ४ करोड २९ लाख ७१ हजार ४८ रुपैयाँ र प्रदेश सेवा शुल्क वापत ७१ लाख २० हजार ४४ रुपैयाँ संकलन भएको छ ।

डिभिजन वन कार्यालयले मूल्य अभिवृद्धि कर र प्रदेश सेवा शुल्क वापत डिभिजन वन कार्यालयले ५ करोड ९१ हजार ९२ रुपैयाँ संकलन गरेको छ ।

Similar Posts