मिक्वाखोलाको बजेट ४६ करोड बढीको
उज्यालो पोष्ट
ताप्लेजुङ,असार ११ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाले आगामी आर्थिक बर्ष २०८२।८३ का लागि ४६ करोड ३३ लाख रुपैयाँ बढीको बजेट ल्याएको छ ।
२२ औं गाउँसभा अधिबेशनमा पालिका उपाध्यक्ष डण्डु लामा शेर्पाले आगामी आवका लागि ४६ करोड ३३ लाख ८९ हजार ६ सय ७५ रुपैयाँको बजेट सभामा पेश गर्नु भएको छ ।
पालिकाले बित्तीय स्रोत व्यहोर्ने क्षेत्रको रुपमा संघ र प्रदेशको गरी समानीकरण अनुदान १० करोड ८९ लाख ६४ हजार,सर्शत अनुदान संघ र प्रदेशको गरी कुल २० करोड ६९ लाख ६० हजार,बिशेष अनुदान ७९ लाख,समपुरक अनुदान संघ र प्रदेशको गरी ३ करोड ३४ लाख,राजश्व बाँडफाँड संघ र प्रदेशको गरी १० करोड ३६ लाख ६५ हजार ६ सय ७५ र स्थानीय सरकारको २० लाख तथा आन्तरिक आय २५ लाख रुपैयाँ गरी गरी कुल बजेटको अनुमान गरेको हो ।
सभामा पालिका अध्यक्ष भक्तबहादुर कार्कीले आगामी आर्थिक बर्षका लागि पालिकाकोतर्फबाट निर्धारण भएको नीति तथा कार्यक्रम सभामा पेश गर्नु भएको थियो ।