श्रेष्ठ र पराजुली जेठ महिनाको उत्कृष्ट प्रहरी घोषित
उज्यालो पोष्ट
ताप्लेजुङ,असार ४ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले एक प्रहरी सहायक हवल्दार तथा एक प्रहरी जवानलाई संयुक्त रुपमा जेठ महिनाको उत्कृष्ट प्रहरी घोषित गरेको छ ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख(डिएसपी)उमेश जोशीका अनुसार महिनाको उत्कृष्ट प्रहरी घोषित हुनेमा प्रहरी सहायक हवल्दार सुजन श्रेष्ठ र प्रहरी जवान चेतनाथ पराजुली रहनु भएको छ ।
जिल्ला प्रहरी प्रमुख जोशीका अनुसार श्रेष्ठ र पराजुलीले विभागीय मूल्य र मान्यता,आदेश निर्देशनको पालना गरी श्रेष्ठ र पराजुलीले आम जनमानसमा प्रहरी संगठनको छबि उच्च बनाउने कार्य गरी आफुलाई दिएको जिम्मेवारीप्रति पूर्ण वफादार रही अनुशासित एवम् इमान्दारिताका साथ कार्य सम्पादन गरेको आधारमा जेठ महिनाको उत्कृष्ट प्रहरीको रुपमा घोषित गरिएको हो ।