पशु स्वास्थ्य तथा माटो परीक्षण शिविर चलाउँदै सिदिङ्वा

उज्यालो पोष्ट
ताप्लेजुङ,जेठ ३१ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले असार ३ गते देखि पशु स्वास्थ्य तथा माटो परीक्षण घुम्ति शिविर सञ्चालन गर्ने भएको छ ।

पालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रमेश सिवाका अनुसार पशु स्वास्थ्य शिविरतर्फ गोबर परीक्षण,दुध परीक्षण,आन्तरिक तथा बाह्य परजीवि नियन्त्रणका लागि औषधि तथा उपचार सेवा प्रदान,पशु रोग नियन्त्रण तथा व्यवस्थापन सम्वन्धी जानकारी र पशु स्वास्थ्य परीक्षण,उपचार तथा परार्मश सेवा दिइने छ ।

शिविरमा माटो परीक्षणतर्फ माटोमा भएको नाइट्रोजन,फस्फोरस,पोटास,पिएच र बायोलोजिकल परीक्षण,माटोको उर्वराशक्ति र मल व्यवस्थापन सम्वन्धी सल्लाह,माटोको पिएच परीक्षण पश्चात प्राप्त नतिजा बमोजिम माटो सुधारक पदार्थ बितरण र कृषि तथा पशुपालन सम्वन्धी प्राविधिक परार्मश दिइने भएको छ ।

प्रमुख प्रशासकीय अधिकृत सिवाका अनुसार असार ३ गते पालिकाको वडा नं ७ सुरुम्खिम र वडा नं ६ मेहलेमा,असार ४ गते वडा नं १ कालिखोला र वडा नं २ सादेवामा,असार ५ गते वडा नं ३ आङखोप र वडा नं ५ लिम्बूदिनममा तथा असार ६ गते वडा नं ४ साब्लाखुमा शिविरको आयोजना गरिएको छ ।

Similar Posts