|

नेपालमा १३१३ सङ्क्रमित थपिए

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
काठमाडौं, असोज ९ ।
नेपालमा शुक्रबार कोभिड–१९ का एक हजार ३१३ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एक हजार ३१३ जना नयाँ सङ्क्रमितको पुष्टि भएको हो ।
मन्त्रालयले नियमित प्रेस ब्रिफिङ्को क्रममा पछिल्लो २४ घण्टामा १२ हजार २६२ जनाको आरटीपीसीआर परीक्षण गरिएको जनाएको छ । थपिएका नयाँ सङ्क्रमितसँगै कुल सङ्क्रमित ७० हजार ६१४ पुगेको छ । चौबिस घण्टामा एक हजार ४५५ जना सङ्क्रमित निको भएर घर फर्केका छन् । यससँगै निको भएकाको संख्या ५१ ह्जार ८६६ पुगेको छ । मन्त्रालयले हाल १८ हजार २८९ जनामा कोरोनाभाइरसको सङ्क्रमण सक्रिय रहेको जनाएको छ ।
थप ६ जनाको मृत्यु
पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु भएको छ । हिजो सबैभन्दा बढी नेपालमा १७ जनाको संक्रमितको मृत्यु भएको थियो । योसँगै नेपालमा कुल मृत्यु हुनेको संख्या ४५९ पुगेको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts