महिला स्वास्थ्य स्वयंसेसेविकाप्रति उदार आठराई त्रिबेणी,संघीय सरकारले दिएको सरह प्रोत्साहन रकम थप

खगेन्द्र अधिकारी
ताप्लेजुङ,जेठ २९ । ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिकाले महिला स्वास्थ्य स्वयंसेसेविकाहरुका लागि प्रोत्साहन रकम थप सहितका आकर्षक सुविधा ल्याएको छ ।

गाउँपालिका अध्यक्ष दीपेन्द्र पोमू(दीपेन)को अगुवाईमा महिला स्वास्थ्य स्वयंसेविकाहरुका लागि अतिरिक्त प्रोत्साहन भत्ता थप सहितका सुविधा पाएको भन्दै कार्यरत महिला स्वास्थ्य स्वयंसेविकाहरुले उक्त कार्यको प्रशंसा गरेका छन् । पालिकाका स्वास्थ्य शाखाका संयोजक समिर प्रधानका अनुसार गाउँपालिकाले संघीय सरकारले महिला स्वास्थ्य स्वयंसेविकाहरुका लागि दिएको प्रोत्साहन रकमका गाउँपालिकाले सतप्रतिशत रकम थप सहित थप अतिरिक्त सुबिधा समेत थप गरिदिएको छ । संघीय सरकारले महिला स्वास्थ्य स्वयंसेविकाहरुका लागि मासिक ५ सय रुपैयाँ दिएकोमा पालिकाले संघीय सरकारले दिएको प्रोत्साहन रकमको सत प्रतिशत रकम थप गरिदिएको छ ।

महिला स्वास्थ्य स्वयंसेविका फुलमाया मैनालीले गाउँपालिकाले संघीय सरकारले दिएको रकमको सत प्रतिशत रकम थप गरिदिएर पालिकाले महिला स्वास्थ्य स्वयंसेविकाहरुका लागि प्रोत्साहन र मनोव बढाउन अतिरिक्त सुविधा समेत दिएकोमा प्रसन्नता व्यक्त गर्नु भएको छ । पालिकाका सचिवालय संयोजक लेखनाथ भट्टराईका अनुुसार पालिकाले प्रोत्साहन रकममा स्थानीय स्रोतबाटै सत प्रतिशत रकम थप बाहेक पालिकाले स्वयंसेविका र उनीहरूको परिवारको स्वास्थ्य बीमाको प्रिमियम रकम पालिकाले व्यहोर्ने,स्वास्थ्य बीमा वापतको रकममा लाग्दै आएको प्रिमियमको सत प्रतिशत रकम पालिकाबाट उपलब्ध गराउने र ६० बर्ष उमेर पूरा गरेका महिला स्वास्थ्य स्वयंसेविकाहरुले स्वेच्छिक अवकास कार्यक्रम अन्तरगत कम्तिमा ५ बर्ष सेवा गरेमा एकमुष्ट थप नगद सहित स्वर्ण बिदाई कार्यक्रम गर्ने तथा डिजिटल रिपोर्टिङका लागि मासिक मोबाइल रिचार्ज र प्रविधि सहयोग गर्दै आएको छ ।

Similar Posts