एसईईको ग्रेडबृद्धि परीक्षाका लागि ताप्लेजुङमा दुई केन्द्र

उज्यालो पोष्ट
ताप्लेजुङ,जेठ २५ । माध्यमिक शिक्षा परीक्षा(एसईई)को ग्रेडबृद्धि परीक्षाका लागि ताप्लेजुङमा दुईवटा केन्द्र निर्धारण भएका छन् ।

शिक्षा विकास तथा समन्वय इकाई ताप्लेजुङका प्रमुख योगेश्वर भट्टराईका अनुुसार दुईवटै केन्द्र फुङलिङमा रहने गरी निर्धारण गरिएको छ । भट्टराईका अनुसार भानुजन मावि फुङलिङ–४ र युवाबर्ष मावि कैंजले फुङलिङ–७ मा गरी दुईवटा परीक्षा केन्द्र निर्धारण गरिएको छ । ताप्लेजुङबाट साधारणतर्फ ६ सय ४६ जना र प्राविधिक धारतर्फ ११ जना गरी कुल ६ सय ५७ जनाले ग्रेडबृद्धि परीक्षा लेख्नेगरी आबेदन दिएका छन् ।

भानु माविमा साधारणतर्फ ३ सय ३८ जना र प्राविधिक धारतर्फ १० जना गरी कुल ३ सय ३८ जनाले परीक्षा लेख्ने शिक्षा विकास तथा समन्वय इकाईले जनाएको छ । यता युवाबर्ष मावि कैंजलेमा साधारणतर्फ ३ सय ८ जना र प्राविधिक धारतर्फ १ जना गरी कुल ३ सय ९ जनाले परीक्षा लेख्नेछन् । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ननग्रेडेड(अनुत्तीर्ण) भएकाहरुका लागि यही असार १ गतेदेखि ग्रेडवृद्धि परीक्षा सञ्चालन गर्दैछ ।

Similar Posts