राश्वपा ताप्लेजुङको जिल्ला अधिबेशन सुरु,यि हुन् नेतृत्वका सम्भावित आकाँक्षी

उज्यालो पोष्ट
ताप्लेजुङ,जेठ २३ । नयाँ नेतृत्व समेत चयन गर्नेगरी राष्ट्रिय स्वतन्त्र पार्टी ताप्लेजुङको प्रथम जिल्ला अधिबेशन सदरमुकाम फुङलिङमा सुरु भएको छ ।

अधिबेशनको प्रतिनिधिसभा सदस्य तथा राश्वपा नेता मिङ्माडेभिड शेर्पाले उद्घाटन गर्नु भएको छ । खुल्ला सत्र अन्तरगत अहिले जिल्ला अधिबेशन सफलताको शुभकामना मन्तव्यको क्रम सुरु भएको छ । अधिबेशनको बन्दसत्र शनिवारै सकिने गरी तयारी भइरहेको राश्वपा फुङलिङ नगर सभापति युवराज बरालले जानकारी दिनुभयो । राश्वपाको जिल्ला सभापतिमा राजन गुरुङ निर्वीरोध बन्ने चर्चा सुरु भएको छ । वर्तमान जिल्ला सभापति वीरेन्द्र श्रेष्ठले जिल्ला नेतृत्वबाट अलग हुने इच्छा प्रकट गर्नु भएको स्रोत बताउँछ । ‘अहिलेसम्म सभापतिमा गुरुङको नाममा लगभग सहमति भएकै छ’नगर सभापति बरालले भन्नुभयो । गुरुङ यसअघि नगर तर्दथ समिति बन्दा संयोजक रहनु भएको थियो । उपसभापतिमा ४ जना आकाँक्षी देखिएको राश्वपा स्रोत बताउँछ ।

स्रोतका अनुसार उपसभापतिमा निर्मला खिम्दिङ,मानबहादुर मोक्तान,छत्र विक र दुर्गाप्रसाद न्यौपाने आकाँक्षी देखिएको स्रोतको भनाई । न्यौपानेले उपसभापति नभए सचिवका लागि आफ्नो दावी प्रस्तुत गरिरहनु भएको छ । सचिवमा लिलाराज पौडेलको सशक्त दावेदारी रहेको छ । सहसचिवको जिम्मेवारी रहने संगठन सचिवमा जेन जी मुभमेन्ट ताप्लेजुङका संयोजक गोपाल गुरागाँई लगभग सर्वसम्मत जस्तै रहेको स्रोतको दावी छ । राश्वपाका नगर सभापति बरालले सहमतिमै सर्वसम्मत नेतृत्व चयन हुने दावी गर्नु भएको छ ।

खुल्ला सत्रमा जिल्लाका क्रियाशिल राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि,राश्वपाका अगुवा नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको छ । राश्वपा नेता मिङ्माडण्डु शेर्पाले जिल्ला अधिबेशनको उद्घाटन सत्रसंगै विभिन्न पार्टी परित्याग गरी ठूलो संख्यामा नेता कार्यकर्ता राश्वपामा प्रवेश गरेको जानकारी दिनुभयो ।

Similar Posts