सांसद शेर्पाद्धारा ताप्लेजुङका सरोकारवालासंग समसामयिक बिषयमा छलफल
उज्यालो पोष्ट
ताप्लेजुङ,जेठ १ । प्रतिनिधिसभा सदस्य मिङ्माडेभिड शेर्पाले शुक्रवार ताप्लेजुङका सरोकारवालासंग समसामयिक बिषयमा छलफल गर्नु भएको छ ।
जिल्लास्थित सुरक्षा निकायका प्रमुख समेतको उपस्थितिमा राजनीतिक दलका प्रतिनिधि,जिल्लास्थित सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि,उद्योगी,व्यवसायी,सञ्चारकर्मी र अन्य सामाजिक संघसंस्थाका प्रतिनिधिहरुसंग समसामयिक बिषयमा छलफल भएको प्रमुख जिल्ला अधिकारी शिवराज सेढाइँले जानकारी दिनुभयो । जिल्लाका विकास निर्माण,स्वास्थ्य,सुरक्षा,कृषि,उद्योग,पर्यटन सहितका बिषयको समिक्षा तथा आगामी दिनमा जनप्रतिनिधिका हैसियतले आफुले सहजीकरण गर्नुपर्ने बिषयमा सांसद शेर्पाले चासो लिनु भएको छलफलमा सहभागीले बताएका छन् ।
ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका वडा नं ६ लेलेपमा जन्मिनु भएका शेर्पा राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिक सांसद रहनु भएको छ । हिमाल आरोहणका विश्व किर्तिमानधारी सांसद शेर्पा रावश्वपाको सिदिङ्वा गाउँपालिकामा आयोजित सभालाई सम्बोधन गर्न आउनु भएको थियो । राश्वपाका जिल्ला सभापति वीरेन्द्र श्रेष्ठले जिल्लाका बिद्यमान समस्या सुन्ने र त्यसउपर सहजीकरण गर्ने मनशायले जिल्लाका सरोकारवालासंग समसामयिक बिषयमा छलफल भएको जानकारी दिनुभयो ।