मेरिङदेनमा मेलमिलाप सम्वन्धी ८ दिने तालिम सम्पन्न
उज्यालो पोष्ट
ताप्लेजुङ,बैशाख २९ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका र मिक्वाखोला गाउँपालिकाको संयुक्त आयोजनामा सञ्चालित मेलमिलाप सम्बन्धी ८ दिने तालिम मंगलवार सकिएको छ ।
तालिममा मेरिङेन गाउँपालिकाबाट १७ र मिक्वाखोला गाउँपालिकाबाट ९ गरी २६ जना सहभागी हुनु भएको थियो । मेरिङदेन गाउँपालिकाका सूचना प्रविधि अधिकृत जीतेन लिम्बूका अनुसार तालिममा सहभागी भई अनुशिक्षण प्राप्त गर्नुभएकाहरुलाई दुबै पालिकाले चाँडै सूचिकृत गरी मेलमिलापकर्ताको भूमिका सुम्पने तयारी रहेको छ ।
मेरिङदेन गाउँपालिका अध्यक्ष युकहाङवीर(डम्बर)हाङगामको प्रमुख आतिथ्यता तथा मेरिङदेन गाउँपालिका उपाध्यक्ष ४८ घण्टे उक्त तालिमको समापन समारोह मेरिङदेन गाउँपालिकाका उपाध्यक्ष दुर्गाप्रसाद श्रेङ चङवाङ विशिष्ट आतिथ्यता तथा मिक्वाखोला गाउँपालिका उपाध्यक्ष डण्डु लामा शेर्पाको अध्यक्षतामा सम्पन्न भएको पालिकाले जनाएको छ ।
कार्यक्रममा मेरिङदेन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिदुर अधिकारी,मिक्वाखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिमल गौतम,विभिन्न वडाका वडाध्यक्ष सहितका जनप्रतिनिधिको समेत उपस्थिति रहेको थियो ।