फुङलिङमा सञ्चालित तीनदिने आँखा शिविरमा ७३ जनाको आँखाको शल्यकृया,करिव ६ सयले गराए आँखा परीक्षण

उज्यालो पोष्ट
ताप्लेजुङ,बैशाख २६ । ताप्लेजुङको फुङलिङमा बैशाख २४ गतेदेखि सञ्चालित शल्यकृया सहितको आँखा स्वास्थ्य शिविरमा ७३ जनाको आँखाको शल्यकृया गरिएको छ ।

शिविरमा कुल ५ सय ९१ जनाले आँखाको परीक्षण तथा उपचार गराएका छन् । नेपाल नेत्रज्योति संघ ताप्लेजुङका उपसभापति खगेन्द्र अधिकारीका अनुसार ६० जनाको मोतियाबिन्दुको र १३ जनाको आँखाको लघु शल्यकृया गरिएको छ । शिविरको अन्तिम दिन शनिवार १३ जनाको मोतियाबिन्दुको र ६ जनाको लघु शल्यकृया गरिएको छ । दोस्रो दिन शुक्रवार मोतियाबिन्दुको २४ र २ जनाको लघु तथा पहिलोदिन बिहीबार २३ जनाको मोतियाबिन्दुको र ५ जनाको लघु शल्यकृया गरिएको थियो । शिविरको अन्तिम दिन १ सय ४६ जनाले आँखाको परीक्षण तथा उपचार गराएका छन् । पहिलो दिन २ सय २१ तथा दोस्रो दिन २ सय २४ जनाले आँखाको परीक्षण तथा उपचार गराएको नेपाल नेत्रज्योति संघ ताप्लेजुङद्धारा सञ्चालित डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रका फिल्ड आईवर्कर काजीमान थेबेले जानकारी दिनुभयो ।

मेची आँखा अस्पताल बिर्तामोडका डाक्टर विनिता थापाको नेतृत्वमा करिव १३ जनाको चिकित्सक तथा प्राविधिकको टोलीले आँखाको उपचार तथा शल्यकृया गरेको मेची आँखा अस्पतालका कार्यक्रम निर्देशक कविता कार्की कडरियाले जानकारी दिनुभयो । आयोजक नेपाल नेत्रज्योति संघ ताप्लेजुङका सभापति राजकुमार गुरुङले शिविर सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने सबै निकायलाई आभार प्रकट गर्नु भएको छ । शिविर सफलतापूर्वक सम्पन्न गर्न प्राविधिक सहयोग गरेकोमा नेपाल नेत्रज्योति संघले मेची आँखा अस्पतालको टिमलाई शनिवारै धन्यवाद सहित बिदाई गरेको छ । बैशाख २१ र २२ गते दोभान बजारमा र २३ देखि २६ सम्म फुङलिङमा शिविरको आयोजना भएको थियो । दोभान बजारमा सञ्चालित शिविरमा नेपाल नेत्रज्योति संघ ताप्लेजुङ,मेरिङदेन गाउँपालिका र सेवा फाउण्डेसन काठमाडौं मुख्य आयोजक थिए ।

फुङलिङको शिविरमा नेपाल नेत्रज्योति संघ ताप्लेजुङ,सेवा फाउण्डेसन काठमाडौं सहितका निकाय मुख्य आयोजक थिए । दुबै शिविरको प्राविधिक सहयोग मेची आँखा अस्पताल र डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रले प्रदान गरेको डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रका क्लिनिक इञ्चार्ज काजीमान गुरुङले जानकारी दिनुभयो । गुरुङका अनुुसार दोभानको शिविरमा ५९ जनाको आँखाको शल्यकृया गरिएको थियो । दुईदिने शिविरमा ४३ जनाको मोतियाबिन्दुको र १६ जनाको साधारण शल्यकृया गरिएको हो । दुई दिनको शिविरमा ५ सय ४० जनाले आँखाको परीक्षण गराएका थिए ।

Similar Posts