सिदिङ्वाले बैशाख ७ बाट वडागत रुपमा सासुभत्ता दिँदै

उज्यालो पोष्ट
ताप्लेजुङ,बैशाख ५ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले चालु आर्थिक बर्ष २०८२।८३ को तेस्रो त्रैमासिक वापतको सामाजिक सुरक्षा भत्ता बैशाख ७ बाट वडामै पुगी बितरण गर्ने भएको छ ।

पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत तिवेन्द्र अधिकारीका अनुसार बैशाख ७ गते वडा नं १ कालिखोला तथा वडा नं २ सादेवाको वडा कार्यालयमा सामाजिक सुरक्षा भत्ता बितरण गरिने छ । ८ गते वडा नं ३ आङखोप,९ गते वडा नं ७ सुरुम्खिम र वडा नं ६ को कार्यालय मेहेलेमा सामाजिक सरक्षा भत्ता बितरण गरिने पालिकाले जनाएको छ ।

वडा नं ४ साब्लाखु र वडा नं ५ लिम्बूदिनका लाभग्राहीले भने पालिकास्थित लक्ष्मी सनराइज बैंकको कार्यालयबाट जुनसुकै समयमा सामाजिक सुरक्षा भत्ता लिन पाउने पालिकाले जनाएको छ ।

 

Similar Posts