तमोर नदीमा नुहाउने क्रममा एक बालक वेपत्ता

उज्यालो पोष्ट
ताप्लेजुङ,बैशाख ५ । तमोर नदीमा नुहाउने क्रममा ताप्लेजुङका एक ९ बर्षे बालक बेपत्ता हुनु भएको छ ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी प्रहरी निरीक्षक आशिष पोखरेलका अनुसार बेपत्ता हुनेमा मेरिङदेन गाउँपालिका वडा नं ६ नाल्बु घर भई फुङलिङ नगरपालिका वडा नं २ बस्दै आएका फुर्वा शेर्पा रहनु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार फुर्वाका बुबा निङ्मा शेर्पा सहित उहाँको परिवार फुङलिङ–२ स्थित हेमन्त श्रेष्ठको घरमा बस्दै आउनु भएको थियो । फुङलिङ नगरपालिका वडा नं २ हान्द्रुङ र मिक्वाखोला गाउँपालिका वडा नं १ खोक्लिङबिच भएर बग्ने तमोर नदीमा नुहाउने क्रममा फुर्वा वेपत्ता हुनु भएको प्रहरीले जनाएको छ ।

वेपत्ताको खोजीका लागि इलाका प्रहरी कार्यालय दोभानका प्रहरी निरीक्षक दीपक लिम्बूको कमाण्डमा प्रहरी टोली परिचालित गरिएको समेत प्रहरीले जनाएको छ ।

Similar Posts