|

जन्मदिनमा एसिड पीडितलाई सहयोग गर्दै मन्त्री भट्टराईले भन्नु भयो–‘तपाँईको डाक्टर बन्ने आकाँक्षा पूरा हुन्छ’

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,भदौ २१ । पर्साको वीरगञ्जकी एसिड पीडित बालिका मुस्कान खातुनलाई आफ्नो जन्मदिनको अवसरमा एक महिनाको पारिश्रमिक सहयोग गर्नु भएका पर्यटनमन्त्री योगेशकुमार भट्टराईले मुस्कानको डाक्टर बन्ने आकाँक्षा पूरा हुने बचन दिनु भएको छ । आफ्नो जन्मदिनको अवसरमा आइतवार पर्यटन मन्त्रालयमा एसिड पीडित मुस्कानको पढाइ खर्चमा सहयोग पुग्ने गरी ५० हजार रकम सहयोग गर्नु भएका मन्त्री भट्टराईले जन्मदिन मुस्कान र उनी जस्तै असह्य पीडामा रहेका मुस्कानहरुमा समर्पित गरेको घोषणा गर्नु भएको छ । मुस्कानलाई सहयोग गरेपछि सामाजिक सञ्जालमार्फत मन्त्री भट्टराईले मुस्कानको डाक्टर बन्ने आकाँक्षा पूरा हुन्छ भन्ने भरोसासहितको अभिव्यक्ति दिनु भएको छ । केहिदिन अघि प्रधानमन्त्री केपी शर्मा ओलीले मुस्कानलाई बालुटावार नै बोलाएर शिक्षाको व्यवस्था मिलाउने बचन दिएको स्मरण गर्दै मन्त्री भट्टराईले मुस्कानको डाक्टर बन्ने आकाँक्षा पूरा हुने बिश्वास जगाउनु भएको छ । गत माघ महिनामा होटल हायातमा भएको कार्यक्रममा मुस्कानलाई भेट्नु भएका मन्त्री भट्टराईले उच्च शिक्षाका लागि आफ्नोतर्फबाट सहयोग गर्ने बचन दिनु भएको थियो । जन्मदिनको अवसरमा मन्त्री भट्टराईले आफ्नो मासिक पारिश्रमिकबाट कर र लेवी कटाएर बाँकी रहेको रकम मुस्कानको शिक्षाका लागि सर्मपित गरेको जनाउनु भएको छ । २०२३ भदौ २१ गते ताप्लेजुङको मैवाखोला गाउँपालिका वडा नं ३ साँघुमा जन्मनु भएका भट्टराईले २०७२ साल देखि आफ्नो जन्मदिन हरेक बर्ष दुःखी,पीडत र असहायको सहयोगमा सर्मपित गर्दै आउनु भएको छ । जन्मदिनमा भोजभतेरका नाममा गरिने खर्चले कुनै अर्थ नराख्ने भन्दै उहाँले जन्मदिन परोपकारी काममा सर्मपित गरेको दोहो¥याउनु भएको छ । गत भदौ २० गते घरबाट बिद्यालय जाँदैं गर्दा खातुनमाथि वीरगञ्जमा २ जना युवाले एसिड प्रहार गरेका थिए । मन्त्री भट्टराई ताप्लेजुङबाट प्रतिनिधिसभामा निर्वाचित सांसद हुनुहुन्छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts