फुनपाको नयाँ प्रमुख प्रशासकीय अधिकृतमा पनेरु

उज्यालो पोष्ट
ताप्लेजुङ,चैत २६ । सरकारले फुङलिङ नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत पठाएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले फुङलिङ नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा उपसचिव मोहनलाल पनेरुलाई जिम्मेवारी दिएको हो ।

फुनपाका यसअघिका प्रमुख प्रशासकीय अधिकृत राजमणि निरौलाको गृह मन्त्रालय वा अन्तरगतमा सरुवा भएको छ । केहिदिन अघि निरौला सरुवा माग्न र सरुवा नदिए राजीनामा दिने भन्दै मन्त्रालयतर्फ लाग्नु भएको थियो ।

पनेरु संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा रहनु भएको थियो ।

Similar Posts