अलैंची खेति प्रर्वद्धन कार्यक्रममा सिरिजङ्गाको २० लाख बजेट

उज्यालो पोष्ट
ताप्लेजुङ,चैत ७ । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाले अलैंची खेति प्रर्वद्धन कार्यक्रमका लागि चालु आर्थिक बर्षमा २० लाख रुपैयाँ खर्च गर्ने भएको छ ।

पालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरहादुर आङदेम्बेका अनुसार ५० प्रतिशत अनुदानमा अलैंची खेति प्रर्वद्धन तथा क्षेत्र बिस्तार कार्यक्रम कार्यान्वयन गर्न लागिएको हो । यो कोशी सरकारको प्रदेश सर्शत अनुदान अन्तरगतको कार्यक्रम हो । कार्यक्रममा सहभागी हुन चाहने कृषक,कृषि फर्म,कृषि सहकारी,कृषि उद्यमी र टोल विकास संस्थाले चैत १२ गतेसम्म पालिकामा आबेदन दिईसक्नुपर्ने पालिकाले जनाएको छ । पालिकाका अनुसार सिरिजङ्गा गाउँपालिकामा दर्ता भएका कृषक समूह,टोल विकास संस्था,सहकारी र निजी फर्महरुले आबेदन दिन पाउनेछन् ।

कार्यक्रम सञ्चालनका लागि स्थानीय तहमा न्यूनतम् २ हेक्टर क्षेत्रफलको क्लष्टरमा प्रतिकिसान न्यूनतम् २ रोपनी अलैंची खेति रोपण गर्नुपर्ने अनिवार्य सर्त रहेको छ । कार्यक्रममार्फत अलैंचीको उन्नत जातको बिरुवा,बाली संरक्षण सामग्री,सिचाँई व्यवस्थापन सुधारिएको अलैंची सुकाउने भट्टी निर्माण तथा खरिद गर्न सकिने समेत पालिकाले जनाएको छ । कार्यक्रम कार्यान्वयनमा छनौट भएका किसानले ५० प्रतिशत लागत साझेदारी गर्नुपर्ने समेत पालिकाका प्रमुख प्रशासकीय अधिकृत आङदेम्बेले जानकारी दिनुभयो ।

Similar Posts