फागुन महिनामा पाथीभरामा १८ हजार ६ सय ५२ तीर्थालु
उज्यालो पोष्ट
ताप्लेजुङ,फागुन ३० । फागुन महिनामा ताप्लेजुङस्थित पाथीभरा मन्दिरमा १८ हजार ६ सय ५२ तीर्थालुले मन्दिरको दर्शन गरेका छन् ।
पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङका अनुसार फागुन महिनामा पाथीभरा मन्दिरमा संकलन भएको भेटीमध्ये ३१ लाख १० हजार रुपैयाँ गणना गरिएको छ ।
क्षेत्र विकास समितिले हरेक महिनाको मसान्तका दिन मन्दिरमा आउने दर्शनार्थी र उक्त महिनामा गणना भएको भेटी रकम सार्वजनिक गर्दै आइरहेको छ ।