पाथीभरा आएका झापाका एक व्यक्ति बेपत्ता
उज्यालो पोष्ट
ताप्लेजुङ,फागुन १६ । झापाको कमल गाउँपालिकाका एक व्यक्ति ताप्लेजुङस्थित पाथीभरा मन्दिर परिसरबाट बेपत्ता भएका छन् ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी प्रहरी निरीक्षक जटाशंकर यादवका अनुसार कमल गाउँपालिका वडा नं ५ का प्रेमबहादुर खड्काका ६५ बर्षिय छोरा टंकबहादुर खड्का गत ८ गते देखि वेपत्ता भएका हुन् ।
प्रहरीका अनुसार दौरा सुरुवाल र कोट लगाएका,कान कम सुन्ने,अन्दाजी ५ फिट उचाई भएका खड्का फागुन ७ गते पाथीभरा मन्दिरको दर्शनका लागि पुगेका थिए । त्यसपछि उनी वेपत्ता भएको प्रहरीले बताएको छ ।
प्रहरीले बेपत्ता व्यक्ति फेला पारेको वा देखेको भए नजिकैको प्रहरी कार्यालय वा वेपत्ता खड्काका आफन्त पुष्पा खड्काको मोवाइल नम्बर ९७४८२६१३७४ वा ९८२९७५२१२८ मा सम्पर्क गरिदिन आग्रह गरेको छ ।