| |

तमु ल्होसार फुटबलः साथीभाइ स्पोर्टिङ क्लब र आयोजकबिच उपाधि भिडन्त हुने

-उज्यालो पोष्ट
ताप्लेजुङ, पुस १४ । ताप्लेजुङस्थित तमु ल्होसारको अवसरमा आयोजित दोस्रो स्वर्गीय पदमबहादुर गुरुङ स्मृति कप फुटबल प्रतियोगिताको उपाधिका लागि साथीभाइ स्पोर्टिङ क्लब र आयोजकबिच फाइनल खेल हुने भएको छ । सोमबार भएको सेमिफाइनलमा दुवै टोली विजयी भएसँगै उपाधिका लागि आयोजक र साथीभाइ खेल्ने भएको हे ।
तमु ल्होसार मूल आयोजक समिति, खेलुकद संयोजक पब्लिक गुरुङका अनुसार फाइनल यात्राका लागि साथीभाइ स्पोर्टिङ क्लबले नेपाल प्रहरी क्लब ताप्लेजुङलाई ४–० गोलले पराजित गरेको छ । यस्तै आयोजकले गोर्खाली स्पोर्टिङ क्लबलाई पेनाल्टी सुटआउटमा ४–२ गोलअन्तरले पराजित गरेको हो ।
सेमिफाइनलअन्तर्गत निर्धारित समयावधिमा भएको खेलमा आयोजक र गोर्खालीको १–१ गोल बराबरी भएको थियो । बराबरी गोल भएपछि निर्णयका लागि खेल पेनाल्टी सुटआउटतर्फ धकेलिएको खेल संयोजक गुरुङले जानकारी दिनुभयो । दुई वटै सेमिफाइनल खेल सोमबार एकै दिन भएको थियो ।
प्रतियोगिताको फाइनल खेल मङ्गलबार हुने र उपाधि विजेताले एक लाख १५ हजार रुपियाँ नगद पुरस्कारसहित ट्रफी, पदक र प्रमाणपत्र पाउने छ । त्यस्तै उपविजेताले ५५ हजार रुपियाँ नगदसहित ट्रफी, पदक र प्रमाणपत्र पाउने ताप्लेजुङ स्पोर्टिङ क्लबले जनाएको छ । आयोजक क्लबका अध्यक्ष मणिराज गुरुङका अनुसार तमु ल्होसारका दिन फुटबल फाइनलसँगै साँस्कृतिक कार्यक्रमहरु हुने छ ।

Similar Posts