|

सशस्त्र प्रहरीद्वारा शितलहर र दुर्व्यसनसम्बन्धी कक्षा सञ्चालन

-उज्यालो पोष्ट
ताप्लेजुङ, पुस ११ । ताप्लेजुङमा सशस्त्र प्रहरीले एक विद्यालयमा पु्गेर शितलहर, हुस्सु र लागुऔषध दुर्व्यसनसम्बन्धी सचेतनामुलक कक्षा सञ्चालन गरेको छ । जिल्लास्थित सशस्त्र प्रहरी बल नेपाल, नम्बर १ गुल्म हेटक्वार्टर कञ्चनजंघाले सचेतनामुलक कक्षा सञ्चालन गरेको हो ।
गुल्मले फुङ्लिङ नगरपालिका–३ मेदिबुङको बालसुबोधिनी संस्कृत माध्यमिक विद्यालयमा पुगेर सचेतनासम्बन्धी कक्षा सञ्चालन गरेको हो । उक्त विद्यालयमा कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीलाई सहभागी गराई शुक्रबार सचेतनासम्बन्धी कक्षा सञ्चालन गरेको गुल्मले जनाएको छ ।
सचेतनासम्बन्धी सशस्त्र प्रहरी बल नेपाल, नम्बर १ गुल्म हेटक्वार्टर कञ्चनजंघाका गुल्मपति एवम् सशस्त्र प्रहरी नायव उपरीक्षक प्रमोदप्रकाश पाठकले कक्षा सञ्चालन गर्नुभएको थियो । करिव ८० जना विद्यार्थीलाई सहभागी गराएर सप्रनाउ पाठकले अहिलेको जाडो याममा असर गर्ने शितलहर र हुस्सु तथा लागुऔषध दुर्व्यसनसम्बन्धी कक्षा चलाउनुभएको थियो ।
सचेतनामुलक कक्षा सञ्चालन गर्दै सप्रनाउ पाठकले शितलहर र हुस्सुबाट जोगिने उपाय साथै लागुऔषधको कुलतले पु¥याउने हानी नोक्सानी र बेफाइदाबारे विद्यार्थीलाई अनुशिक्षण दिनुभएको थियो । सशस्त्र प्रहरीले बेलाबेलामा नागरिकको हितमा केन्द्रित विभिन्न अतिरिक्त क्रियाकलापहरु गर्ने गरेको छ ।

Similar Posts