मंगलवार पाथीभरा मन्दिरमा झण्डै एक्काइस सय दर्शनार्थी

उज्यालो पोष्ट
ताप्लेजुङ,असोज १४ । मंगलवार ताप्लेजुङस्थित पाथीभरा मन्दिरमा झण्डै दुई हजार एकसय दर्शनार्थीले मन्दिरको दर्शन गरेका छन् ।

पाथीभरा क्षेत्र विकास समितिका सूचना प्रविधि संयोजक सन्तोष पुर्कुटीका अनुसार मंगलवार २ हजार ८३ जनाले मन्दिरको दर्शन गरेका हुन् । सोमवार फूलपातीका दिन १ हजार २ सय ५६ जनाले पाथीभरा मन्दिरको दर्शन गरेका थिए ।

पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङका अनुसार सोमवारको तुलनामा मंगलवार ८ सय २७ जना बढी दर्शनार्थी मन्दिरको दर्शनमा पुगेका छन् ।

अघिल्लो वर्ष असोज महिनाभर ५ हजार ९ सय ४९ जनाले मात्र दर्शन गरेकोमा यसबर्षको संख्याले असोज दोस्रो साताभित्रै अघिल्लो बर्षको असोज महिनाभर उपस्थित भएका दर्शनार्थीको संख्या रेकर्ड तोडेको छ ।

Similar Posts