उत्कृष्ट छात्रछात्रालाई पाथीभरा याङवरकको सम्मान

उज्यालो पोष्ट
ताप्लेजुङ,असोज ३ । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले माध्यमिक शिक्षा र कक्षा ८ को परीक्षामा उत्कृष्ट अंक ल्याउनेलाई नगद सति सम्मान तथा पुरस्कृत गरेको छ ।

शिक्षा दिवसको अवसर पारेर पालिकाले चालु शैक्षिक सत्रमा निवृत शिक्षकलाई समेत सम्मान गरिएको पाथीभरा याङवरक गाउँपालिकाका अध्यक्ष केशरकुमार सुब्बाका स्वकीय सचिव तेजवीर मेन्याङवोले जानकारी दिनुभयो । उहाँका अनुसार शैक्षिक सत्र २०८१ मा एसईईतर्फ ३.६३ जिपीए ल्याई पालिका प्रथम हुने थेचम्बु माविका उत्सव मेन्याङ्वोलाई ३० हजार र ३.५९ जिपीए ल्याई दोस्रो हुने सोहि बिद्यालयका सुलव गौतमलाई नगद २५ हजार सहित पुरस्कृत गरिएको छ । यस्तै ३.४७ जिपीए ल्याई पालिका तृतीय हुने कालिका मावि तिरिङगेका सुगम लिम्बू नगद २० हजार रुपैयाँ सहित पुरस्कृत भएको समेत स्वकीय सचिव मेन्याङ्वोले जानकारी दिनुभयो ।

उता कक्षा ८ तर्फ ३.५६ जिपीए ल्याई पालिका प्रथम हुने मनिष गहतराज नगद २० हजार सहित पुरस्कृत हुनु भएको छ । कक्षा ८ को परीक्षामा पालिका द्धितीय हुने कालिका मावि तिरिङ्गेका सृष्टी बिष्ट र निङ्वा इजमलाई नगद १५ हजार र तृतीय हुने कालिका मावि नाङखोल्याङका बर्षा गौतमलाई नगद १० हजार रुपैयाँ सहित पुरस्कृत गरिएको छ । पालिका अध्यक्ष सुब्बा,उपाध्यक्ष रनमाया गुरुङ,लेखा तथा प्रशासन प्रमुख इन्द्रकमल श्रेष्ठ,पालिकाको शिक्षा शाखा प्रमुख अर्जुन श्रेष्ठ सहितको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको पालिकाले जनाएको छ ।

Similar Posts