ताप्लेजुङमा काँग्रेस र एमालेको संयुक्त विज्ञप्ति:संबैधानिक व्यवस्था भित्रको सरकार मात्र मान्य

उज्यालो पोष्ट
ताप्लेजुङ,भदौ २७ । नेपाली काँग्रेस र नेकपा एमाले ताप्लेजुङले संयुक्त विज्ञप्ति जारी गर्दै संबैधानिक व्यवस्था भित्र रही देश र जनताप्रति सर्मपित सरकार बन्नुपर्नेमा जोड दिएका छन् ।
काँग्रसेका जिल्ला सभापति गजेन्द्रप्रसाद तुम्याहाङ र एमालेका कार्यवाहक जिल्ला अध्यक्ष दीपेन्द्र पोमू(दीपेन)ले जारी गरेको विज्ञप्तिमा बर्तमान संबिधान अनुसार राज्य अघि बढ्नुपर्नेमा जोड दिईएको छ । विज्ञप्तिमा उनीहरुले काँग्रेस,एमाले,माओवादी केन्द्र,राश्वपा,पहिचानवादी मोर्चा सहितको पार्टी कार्यालय तोडफोडको निन्दा गर्दै आवश्यक कानुनी कारवाहीका लागि प्रकृया अघि बढाउने भनेका छन् ।
विज्ञप्तिमा उनीहरुले फुङलिङ नगरपालिका,सिदिङ्वा गाउँपालिका,पाथीभरा(मुक्कुमलुङ)क्षेत्रको भौतिक संरचनामा भएको क्षति तथा विध्वंसको निन्दा गरेका छन् । यसैबिच तीन पार्टी क्रमशःकाँग्रेस,एमाले र माओवादी केन्द्रका जिल्ला स्तरीय नेताहरुको संयुक्त बैठकले पार्टी कार्यालय तोडफोडको बिषयमा गहन अध्ययन गर्ने निश्कर्ष निकालेको नेताहरुले बताएका छन् ।