नारायणी माविको निर्माणाधिन सेफ्टी ट्याङ्कीमा जमेको पानीमा डुबेर २ जना बालबालिकाको मृत्यु

उज्यालो पोष्ट
ताप्लेजुङ,भदौ २६ । ताप्लेजुङको मैवाखोला गाउँपालिका वडा नं ३ स्थित नारायणी मावि साँघुको निर्माणाधिन सेफ्टी ट्याङ्कीमा जमेको पानीमा डुबेर २ जना बालबालिकाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानीय मौसम लिम्बू र याङजुम शेर्पा रहेका छन् । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका पश्वक्ता तथा सूचना अधिकारी विवेक बस्नेतका अनुसार बिद्यालय बन्द भएको बेला खेल्न गएका उनीहरु सेफ्टी ट्याङ्कीमा जमेको पानीमा डुबेको अवस्थामा भेटिएका थिए । उनीहरु दुबै ९ बर्षका हुन्
स्थानीयले उद्धार गरेपनि उनीहरुलाई बचाउन नसकिएको स्थानीयलाई उद्यृत गर्दै प्रहरीले जनाएको छ । दुबै मृतकको शव बिहीबार पोष्टमार्टम गरी आफन्तको जिम्मा लगाईएको समेत प्रहरीले जनाएको छ ।