ताप्लेजुङमा जेन जी समर्थकको शान्तपूर्ण आन्दोलन

उज्यालो पोष्ट
ताप्लेजुङ,भदौ २४ । जेन जी सर्मथकहरुको प्रर्दशन ताप्लेजुङमा मंगलवार शान्तपूर्वक सम्पन्न भएको छ । सोमवार पनि जेन जी सर्मथकहरुले यहाँ शान्तपूर्वक प्रर्दशन र नाराबाजी गरेका थिए ।
सोमवार सिमित संख्यामा प्रर्दशनमा निस्किएका जेन जी सर्मथकहरु मंगलवार बिशाल उपस्थिति र संख्यामा प्रर्दशनमा सहभागी थिए । ताप्लेजुङ सदरमुकामको मुटु वीरेन्द्रचौकमा भेला भएर टुक्रेतर्फ गएको जेनजी समर्थकहरुको र्याली फेरि वीरेन्द्रचौक आएर जिमीपोखरी–दोबाटो–तोक्मे–हेलिप्याड–नगरपालिका भवन हुँदै पुनःतोक्मेहुँदै वीरेन्द्रचौकमा आएर कोणसभामा परिणत भएको थियो । त्यहाँ अगुवा नेताले सम्बोधन गरेसंगै मंगलवारको प्रर्दशन सकिएको हो ।
जेनजी समर्थकहरुले सोमवार भएको वर्वरतापूर्ण गोली प्रहार र १९ जनाको मृत्यु तथा असंख्य घाइते भएको घटनाको बिरोध गरेका छन् । उनीहरुले सरकारको कडा बिरोध गरेका थिए । गोली हान्न आदेश दिने अधिकारी देखि भ्रष्टाचारमा संलग्न नेता र नेतृत्वप्रति उनीहरुको बिरोध थियो ।