ताप्लेजुङमा पनि जेन जी पुस्ताको प्रर्दशन

उज्यालो पोष्ट
ताप्लेजुङ,भदौ २३ । हिमाली जिल्ला ताप्लेजुङमा पनि जेन जी पुस्ताले आइतवार नारा सहित प्रर्दशन गरेका छन् । उनीहरुले प्रर्दशन सहित नगर परिक्रमा गरेका थिए ।

वीरेन्द्रचौकमा भेला भएका जेन जी पुस्ताले सरकारको राजीनामा माग देखि सामाजिक सञ्जाल बन्द गर्ने निर्णयको बिरोध गरे । उनीहरुले ‘स्टप करप्सन’को ब्यानर बोकेका थिए । जेनेरेसन जी वा जी पुस्ता संक्षिप्त रूपमा जेन जी को रूपले परिचित,जसलाई जुमर्स पनि भनिन्छ ।

सामान्यतया जनरेसन जी को लागि सन् १९९० को दशकको मध्यदेखि सन् २०१० को दशकको सुरुवाती वर्षहरूलाई यो पुस्ताको रूपमा निर्धारण गरिएको छ । जनरेसन जी शब्दले सामान्यतः सन् १९९७ देखि २०१२ को बिचमा जन्मेका मानिसहरूलाई बुझाउँछ ।

Similar Posts