याक्थुङ कलाकार परिषद् ताप्लेजुङ अध्यक्षमा पालुङ्वा

-उज्यालो पोष्ट
ताप्लेजुङ, भदौ १७ । ताप्लेजुङमा किराँत याक्थुङ चुम्लुङअन्तर्गत याक्थुङ कलाकार परिषद् गठन गरिएको छ । परिषद्को मंगलबार सम्पन्न दोस्रो जिल्ला अधिवेशनले प्रताप पालुङ्वा (देउमान) अध्यक्ष रहेको २३ सदस्यीय कार्यसमिति चयन गरेको हो ।
याक्थुङ कलाकार परिषद् जिल्ला कार्यसमितिको उपाध्यक्षमा दिलमाया माङ्युङ र चतुरमती थाङ्देन, सचिवमा दिलिप लाबुङ, सहसचिव रिना माबो र कोषाध्यक्षमा जसबहादुर हाङगाम चयन हुनुभएको छ । किराँत याक्थुङ चुम्लुङका केन्द्रीय सदस्य नवीन पोमुको प्रमुख आतिथ्यतामा याक्थुङ कलाकार परिषद्को जिल्ला अधिवेशन सम्पन्न गरिएको हो ।
परिषद् कार्यसमिति सर्वसम्मत चयन गरिएको किराँत याक्थुङ चुम्लुङका जिल्ला सचिव सरोज कङ्लिवाले जानकारी दिनुभयो । कङ्लिवाका अनुसार कियाचुका जिल्ला अध्यक्ष डम्बरबहादुर पालुङ्वासहित अन्य पदाधिकारी लगायतको उपस्थिति रहेको थियो । कियाचुको ३७ औं स्थापना दिवसको अवसरमा याक्थुङ कलाकार परिषदको जिल्ला अधिवेशन सम्पन्न गरिएको हो ।