ड्युटी जान हिंडेका असई भुजेलको मृत्यु,ह्रृदयघातको आशंका

उज्यालो पोष्ट
ताप्लेजुङ,भदौ १३ । ड्युटी जाने क्रममा कार्यालय परिवेशबाट बाहिर निस्कदै गर्दा अचानक बेहोस भई ढल्नु भएका जिल्ला प्रहरी कार्यालय ताप्लेजुङमा कार्यरत प्रहरी सहायक निरीक्षक(असई)इन्द्र भुजेलको मृत्यु भएको छ ।

जिल्ला प्रहरी प्रमुख(डिएसपी)बेदप्रसाद गौतमका अनुसार उहाँ ड्युटीका लागि कार्यालय हाताबाट बाहिर निस्कने क्रममा हुनुहुन्थ्यो । अचानक बेहोस भइ लड्नु भएका उहाँलाई उपचारका लागि जिल्ला अस्पताल लगेपनि उपचारका क्रममा उहाँकोे निधन भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

भुजेललाई ह्रृदयघात भएको हुनसक्ने अनुमान गरिएको छ । ४५ बर्षिय भुजेलको घर झापा धुलावारी हो ।

Similar Posts