पिचएसी तेल्लोकलाई पाँचलाख बराबरको सामग्री हस्तान्तरण

उज्यालो पोष्ट
ताप्लेजुङ,भदौ १२ । कोशी प्रदेशसभा तिलकुमार मेन्याङ्वोको पहलमा स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र बिराटनगरबाट प्राप्त ५ लाख मूल्य बराबरको स्वास्थ्य सामग्री प्राथमिक स्वास्थ्य केन्द्र तेल्लोकलाई हस्तान्तरण गरिएको छ ।

एमाले पोलिटब्युरो सदस्य तथा कोशी प्रदेश सरकारका पूर्व मन्त्री मेन्याङ्वोले बिराटगरस्थित स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा सरिजङ्गा गाउँपालिका वडा नं ४ तेल्लोकस्थित प्राथमिक स्वास्थ्य केन्द्रका लागि स्वास्थ्य सामग्री माग गर्नु भएको थियो ।

सोहि अनुसार प्राप्त भएको स्वास्थ्य सामग्री बिहीबार स्थानीय पार्टी नेताहरुको अगुवाईमा प्राथमिक स्वास्थ्य केन्द्र तेल्लोकलाई हस्तान्तरण गरिएको मेन्याङ्वोका स्वकीय सचिव रमेश घिमिरेले जानकारी दिनुभयो ।

Similar Posts