स्थापना दिवसमा अस्पतालका बिरामीलाई फलफूल बितरण

उज्यालो पोष्ट
ताप्लेजुङ,भदौ ९ । नेपाल कम्युनिष्ट पार्टी(एकीकृत समाजवादी)ताप्लेजुङले पार्टीको चौथो पुर्नगठन(स्थापना)दिवसको अवसरमा अस्पतालका बिरामीलाई फलफूल बितरण गरेको छ ।

नेकपा एसका जिल्ला सचिव मोहन न्यौपानेका अनुसार ताप्लेजुङ जिल्ला अस्पतालमा उपचाररत रहेका २५ जना बिरामीलाई फलफूल बितरण गरिएको हो ।

फलफूल बितरण कार्यक्रममा नेकपा एसका केन्द्रीय सदस्य तथा जिल्ला इञ्चार्ज खेमबहादुर वनेम,केन्द्रीय सदस्य नीताकुमारी सिवा,प्रदेश कमिटी उपसचिव तथा जिल्ला समन्वय समिति ताप्लेजुङका प्रमुख छिरिङ लामा,जिल्ला अध्यक्ष तथा मेरिङदेन गाउँपालिका उपाध्यक्ष दुर्गाहाङ श्रेङचोङवाङ सहितका नेताहरुको सहभागिता रहेको थियो ।

Similar Posts